विराटनगर : मानवअधिकारवादी नेता कृष्ण पहाडीले नेताहरू भ्रष्ट र कार्यकर्तामा दास प्रवृत्ति हावी भएकोले लोकतन्त्र खतरामा परेको बताएका छन् ।
७५औँ मनावअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित ‘लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव’ विषयमा गरिएको नागरिक सम्वादमा पहाडीले भ्रष्टाचारको कारण नै लोकतन्त्र कमजोर भएको दावी गरे ।
सो अवसरमा राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले उच्च नेतृत्वमा रहेकाहरूको असक्षमताका कारण लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठेका औल्याउँदै अब सामाजिक बुद्धिमताबाट अगाडि जानु पर्ने आवश्यकता रहेको बताए ।
मोरङ क्याम्पसका पूर्व प्रमुख डा बाबुराम तिमल्सेनाले नेताहरू अकर्मण्यताको कारण लोकतन्क्रको कंकाल मात्र बाँकी रहेको बताए ।
अधिवत्ता कविता बस्नेत, शिक्षाविद महेन्द्र सिटौला, प्राडा मेदिनी शर्मा नेपाल, कवि शिवनारायण सिंगल, बुद्धिजीवी दिनेश श्रेष्ठ, शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बराल, मोरङ अध्यक्ष प्राडा जीवन ढकाल, सचिव अशोक लामा लगायतले देशमा सुशासनका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।
सो नागरिक सम्वादले भ्रष्ट नेताहरूलाई दण्डित गर्नुपर्छ, असक्षम नेताहरूलाई पदमुक्त गर्नुपर्दछ । एनसेल जस्ता महाघोटालामा सरकारका शीर्ष व्यक्तिहरू केही नाम मुछिएकोले नागरिक स्तरबाटै आन्दोलन, छानबिन र कारवाही हुनु पर्दछ भन्ने प्रस्ताव पारित गरेको छ ।
View : 371
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved