विराटनगर । विराटनगर महानगरपालिका वडा नं.–१२ बाट तास खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर १२ स्थित वेदनिधि दाहालको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी बेदनिधि दाहालसहित स्थानीय ४० वर्षीय किसन श्रेष्ठ, ३० वर्षीय अजय मण्डल, २९ वर्षीय आर्यन कामत, ३६ वर्षीय दीपक सहनी र ६५ वर्षीय देवेन्द्रबहादुर सुब्वा रहेका छन् ।
त्यसैगरि ३५ वर्षीय दीपक सहनी, २७ वर्षीय अनिश अधिकारी, ५० वर्षीय बाबुराम कटेल र ३७ बर्षीय रामबाबु राय पनि पक्राउ परेका छन् ।
तासको खालबाट नगद ८२ हजार४ सय ३० रूपैयाँ र १५६ पत्ति तास बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरुी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले जनाएका छन् ।
View : 344
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved