Biratnagar, Morang, Nepal
२४ फागुन २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

धनकुटाको लेगुवामा हायस दुर्घटना

उद्‌घोष संवाददाता
१९ असोज २०८१, शनिवार

विराटनगर । काठमाडौंबाट संखुवासभाको खाँदबारी जाँदै गरेको हायस शनिबार दिउँसो धनकुटाको लेगुवामा दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 

१८ जना यात्रु रहेको हायस धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गुडिरहेको हायस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो । हायसको अगाडिको भागमा भने क्षति पुगेको छ ।

घाइते यात्रुहरूको स्थानीय क्लिनिकमा प्राथमिक उपचार भएको र उनीहरूको अवस्था पनि सामान्य नै रहेको जनाइएको छ । 

View : 4222

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved