Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उत्कृष्ट करदाता सम्मानित

उद्घोष सम्वाददाता
८ मंसिर २०८०, शुक्रवार

विराटनगर : आन्तरिक राजस्व कार्यालय विराटनगरले बिहीबार चार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १२ औं अन्तर्राष्ट्रिय कर दिवसको अवसरमा सो कार्यालयले करदाताहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा विराट नर्सिङ होमका अध्यक्ष ज्ञानेन्द्रमानसिंह कार्की, अरूण थ्री पावर डेभलपमेन्टका विकाश गर्गका साथै अन्नपूर्ण केबल इण्डष्ट्रिज प्रालिका जीतेन्द्र राठी र श्याम राठी छन् ।

उनीहरूलाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमरा यादवले सम्मान गरेका हुन् । उनीहरू आर्थिक वर्ष ०७८–०७९ मा सबैभन्दा बढी कर तिर्नेमा पर्दछन् । 

सो अवसरमा सो कार्यालयका कम्प्युटर अधिकृत हरि सेढाईलाई पनि सम्मान गरिएको थियो । सो कार्यालयका कर्मचारीहरूमध्ये उनी उत्कृष्ट ठहरिएका हुन् । कार्यालयका निमित्त प्रमुख प्रेमप्रकाश मण्डल र प्रमुख जिल्ला अधिकारीसमेतले करदाताहरूलाई सम्मान गरेका हुन् । 

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डीबी क्षेत्रीलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । आफू सम्मानित हुने भएपछि प्रमुख कर अधिकृत क्षेत्री काठमाडौं गएका थिए । देशभरीका आन्तरिक राजस्व कार्यालयका प्रमुखहरूमध्ये डा क्षेत्री उत्कृष्ट ठहरिएका हुन् । 

आन्तरिक राजस्व कार्यालय विराटनगरले १२ औं अन्तर्राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रमहरू गरी मनाएको छ । बुधबार विभिन्न सरोकारवाला निकायहरसँग करका बारेमा छलफल चलाएको थियो । सो कार्यक्रम नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था विराटनगरसँगको सहकार्यमा आयोजना गरिएको थियो । 

View : 202

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved