Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

डार्क फायलमा फेक अडियो उपलब्ध गराउने तिमल्सिना पक्राउ

उद्‌घोष संवाददाता
६ साउन २०८२, मङ्गलवार

सुनसरी । सिधा कुरा अनलाइनले प्रशारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टलाई फेक अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ परेका छन् । 

तिमल्सिनालाई इलाका प्रहरी कार्यलय इटहरीले आइतबार साँझ कार्यालय परिसरबाटै पक्राउ गरेको हो । 

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकार समेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा तिमल्सिनालाई सर्वोच्च अदालतले गत असोज १३ गते ६ महिना कैद सजायको फैसला गरेको थिए । 

इलाका प्रहरी कार्यलय इटहरीमा उनकी श्रीमतीको एउटा मुद्दाको बारेमा हुन लागेको छलफलका लागि तिमल्सिना पुगेका थिए ।

त्यहाँ प्रहरीलाई उनले आफ्नो वास्तविक नाम उल्लेख नगरी अर्कै नाम बताएका थिए । तर प्रहरीलाई शंका लागेपछि थप सोधपुक्ष गर्दा उनी डार्क फाइल रिपोर्टका फरार प्रतिवादी रहेको पुष्टि भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए  ।

‘सिधाकुरा डटकम’ ले ‘डार्क फाइल’ का नाममा प्रसारण गरेको अडियो सामग्री ‘फेक’ भएको सर्वोच्च अदालतले ठहर गरेको थियो । 

सर्वोच्चको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना भएको भन्दै उत्पादक तथा प्रसारकहरूलाई कैद सजाय सुनाएको थियो । 

अदालतले प्रयोगशाला परीक्षणमा समेत ‘फेक’ प्रमाणित भएको अडियो बनाउने तिमल्सिनालाई ६ महिना कैद र त्यो प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३÷३ महिनाको कैद सजाय सुनाएको थियो  । 

त्यस्तै, ‘सिधाकुरा’ अनलाइनलाई ५ हजार जरिवाना हुने पनि फैसला गरेको थियो । 

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल सहितको बृहत् पूर्ण इजलासको फैसला बमोजिम ढुंगाना र कँडेललाई केन्द्रीय कारागार चलान गरिएको थियो । 

काल्पनिक सामग्री उत्पादन गरी प्रसारण गर्न दिएको कसुरमा तिमल्सिनालाई ‘न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ महिना कैद सजाय हुने’ बृहत् पूर्ण इजलासले फैसला गरे लगत्तै तिमल्सिना फरार भएका थिए ।

View : 523

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved