Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

नेतृत्वले राजनीतिलाई व्यापार बनाउँदा समस्या बढ्यो : सांसद पराजुली

उद्‌घोष संवाददाता
८ असोज २०८२, बुधवार

Advertisement

विराटनगर । पतञ्जली योग समिति नेपालका आजीवन सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले नेतृत्वले राजनीतिलाई व्यापार बनाएकै कारण अहिलेका समस्याहरू उत्पन्न भएको बताएका छन् ।

पतञ्जली योग समिति कोशी प्रदेशले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राजनीति समाजसेवाको माध्यम हुनुपर्नेमा व्यापार बनेकोले युवाहरू जागरुक भएको बताए ।

कोभिड–१९ महामारीको समयदेखि घरघरमा योग पुर्‍याउने उद्देश्यका साथ पतञ्जली योग समिति कोशी प्रदेशले सुरु गरेको अनलाइन योग कोर्स बुधबार १८०० अंकमा पुगेको छ ।

पतञ्जली योग समिति कोशी प्रदेशका प्रभारी मिस्टर चौधरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न जिल्लाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सह–प्रभारी गोविन्द खड्का, विराटनगर महानगर अध्यक्ष माधव अधिकारी, हरिप्रसाद सुवेदी (पाँचथर), पार्वता गिरी (उदयपुर), सुशीला उदास (सुनसरी), भक्ता डाँगी (पाँचथर), जीवन हुज्दार (उदयपुर), निर्मला गजुरेल (झापा), देउमाया ओझा (ताप्लेजुङ), पद्मा थपलिया (तेह्रथुम), शान्ति मादेन (ताप्लेजुङ), पार्वता राउत र सीता खतिवडा लगायतले शुभकामना आदानप्रदान गरे ।

जुम मिटिङमार्फत भएको उक्त कार्यक्रमको सञ्चालन पयोस कोशी प्रदेशकी सचिव शोभा कोइरालाले गरेकी थिइन् ।

View : 699

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved