Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बिराट क्यान्सर इन्स्टिच्युटमा थपिए विशेषज्ञ डाक्टर, गाइने अन्कोलोजिस्ट डा. विनोद अर्याल

उद्‌घोष संवाददाता
६ असार २०८३, शनिवार

Advertisement

विराटनगर । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ डाक्टरहरू थप गर्दै बिरामीलाई अझ भरपर्दो उपचार सुविधा उपलब्ध गराउने कार्य शुरु भएको छ ।

वरिष्ठ प्रसुती तथा स्त्रीरोग एवं स्त्री क्यान्सर रोग विशेषज्ञ असोसिएट प्रोफेसर डा. बिनोद अर्याल अबदेखि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको स्त्रीरोग तथा प्रसूति विभागबाट सेवा दिनुहुने हस्पिटलले जनाएको छ।

मणिपाल कलेज अफ मेडिकल साइन्सेस, त्रिभुवन विश्वविद्यालयबाट एमडी (प्रसूति तथा महिला रोग) को उपाधि हासिल गरेका डा. अर्यालले गाइने अन्कोलोजीमा विशेष प्रशिक्षण समेत प्राप्त गरेका छन् ।

बिरामीले छिटो र भरपर्दो उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ हस्पिटलले हालै मात्र उनलाई भित्र्याएको हो ।

गाइने अन्कोलोजीमा विशेषज्ञता हासिल गरेका डा. अर्याल स्तन क्यान्सर, गर्भाशय क्यान्सर र अन्य महिला अंगसम्बन्धी क्यान्सर रोगको निदान, उपचार र रोकथाम लगायतका क्षेत्रमा विशेषज्ञ रहेका छन् ।

हस्पिटल प्रशासनका अनुसार डा. अर्याललाई आइतबार बिहान ९ बजेदेखि शुक्रबार साँझ ५ बजेसम्मको समयमा बिरामीहरूले आएर चेकजाँच र परामर्श लिन सकिनेछ ।

हाल बिराट क्यान्सर इन्स्टिच्युटमा २५ जना भन्दाबढी चिकित्सकहरूले क्यान्सर उपचार सेवा प्रदान गर्दै आएका छन् ।

पुराना र नयाँ गरी दैनिक करिब एक सयभन्दा बढी क्यान्सर बिरामीले हस्पिटलबाट बहिरङ्ग सेवा लिँदै आएका छन् ।

हस्पिटलमा कुल २४ वटा अप्रेशन थिएटर रहेका छन्, जसमध्ये स्त्री तथा प्रसूति सेवाका लागि मात्रै ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर) समर्पित छन् ।

यसैगरी हस्पिटलमा प्रसूति तथा महिला रोगका लागि २ सय शय्या क्षमताको वार्ड, ३० शय्याको डिलक्स क्याबिन र छुट्टै गाइनो आइसीयू जस्ता विशिष्ट सुविधाहरू समेत रहेका छन् ।

View : 228

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved