Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

निर्वाचित भएको १५ दिनमा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन

उद्घोष सम्वाददाता
२४ जेठ २०८१, बिहिवार

विराटनगर । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको उपचारका लागि भारतको हैदरावाद लैजाने क्रममा निधन भएको छ । 

लामो समयदेखि प्याङ्क्रियाज सम्बन्धी रोगका कारण बिरामी परेका खनाल १५ दिन अघि मात्रै एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए । 

अध्यक्ष खनाललाई परिवारका सदस्यहरूले उपचारका लागि हैदरावाद लैजाने क्रममा रेलभित्र बिहीबार बिहान २ बजे निधन भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिए । उनको हैदराबाद लैजाने क्रममा तेलंगना राज्यको कागज नगर पुगेपछि निधन भएको जनाइएको छ । 

खनाल जेठ ५ देखि ७ सम्म आयोजित एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेर प्रतिष्पर्धामा उत्रिएका थिए । 

जेठ ९ साँझ सम्पन्न भएको मतपरिणाम अनुसार उनले अध्यक्षका अर्का उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका थिए । खनालले ३८३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । पोखरेलले २ सय ८७ मत मात्र ल्याएका थिए ।

बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी भएका खनाल अध्यक्षमा निर्वाचित भएपछि झन बिरामी परेका थिए । उनलाई उपचारका क्रममा मंगलबार उपचारका लागि हैदरावाद लगिएको थियो । यसअघि पनि उनको उपचार हैदराबादमै हुँदै आएको जनाइएको छ । 

एमाले सुनसरीको अध्यक्षमा निर्वाचित हुनुअघि खनाल उपाध्यक्ष थिए । उनी यसअघि सुनसरीकै बराहक्षेत्र नगरपालिकाको मेयर पनि हुन् ।

View : 341

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved