विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१– ८२ का लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रस्ताव पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख अम्बर बहादुर बिष्टले घोषणा गरे ।
नीति तथा कार्यक्रममाथि मंगलबार र बिहीबार गरी ३९ जना प्रदेश सांसदहरुले छलफलमा सहभागी भएका थिए ।
प्रदेश सांसदहरू गोम्बु शेर्पा, राजन किराँती र निर्मला लिम्बुले नीति तथा कार्यक्रममाथि संसोधन प्रस्ताव दर्ता गरेका थिए ।
मुख्यमन्त्री कार्कीले संशोधनमा उल्लेख भएका विषयहरूलाई सरकारले कार्यक्रमहरू बनाएर सम्बोधन बताएपछि उनीहरूले संसोधन फिर्ता लिए ।
View : 221
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved