Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बेहुली जुत्ती चप्पल बनाउने तालिम

उद्‌घोष संवाददाता
१७ वैशाख २०८३, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिका र हलेसी महिला सशक्तीकरण सेवा केन्द्रको संयुक्त आयोजनामा सञ्चालित बेहुली जुत्ती चप्पल  बनाउने तालिम बुधबार सम्पन्न भएको छ । 

तालिम समापन कार्यक्रममा विराटनगर–८ का वडाध्यक्ष राम पोखरेलले  तालिममा सहभागीहरूलाइ प्रमाणपत्र वितरण गर्दै तालिमबाट पाएको सीपलाई सदुपयोग गर्न आग्रह गरे । 

संस्थाकी अध्यक्ष सीता बरालको सभापतित्वमा भएको सो कार्यक्रममा जेष्ठ नागिक महिला ज्ञानु अधिकारी र एकल महिला मुना भुजेललाई सम्मान गरिएको थियो ।

२० दिने सो तालिमका सहभागीहरूले ढाका र मखमलका विवाह, पार्टी र बेहुलीले लगाउने र अन्य समयमा पनि लगाउन मिल्ने खालका जुत्ती र चप्पलहरू बनाउन सिकेका थिए । 

सहभागीहरूलाई मालती आचार्य र स्वेता अधिकारीले प्रशिक्षण दिएका थिए । तालिलमा १५ जना महिला सहभागी भएका थिए ।

View : 124

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved