Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

क्वालिटीको 'के मज्जा' चाउचाउ बजारमा

उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८१, बिहिवार

विराटनगर, १३ मंसिर । क्वालिटी थाइ फुड्सले आफ्नो पछिल्लो उत्पादन 'के मज्जा' ब्रान्डको चाउचाउ बजारमा ल्याएको छ । उक्त उत्पादन श्रीराचा रामेन र श्रीराचा सौसी चिकेन रामेन गरी दुईवटा स्वादमा रहेको जनाइएको छ ।

पहिलो पटक नेपालमा उत्पादन गरेको श्रीराचालाई थाइ स्वाद तथा अन्तराष्ट्रिय बजारमा उत्तम क्वालिटीको सस मानिन्छ । यसैगरी के मज्जा चाउचाउ अन्य चाउचाउको तुलनामा सस्तो समेत रहेको कम्पनीको दाबी छ ।

नेपालमा चलेका ६०, ७५ र १०० ग्रामका चाउचाउको मूल्यको तुलनामा ८० ग्राममा आएको के मज्जाको उपभोक्ता मूल्य ३० रुपैयाँ मात्र रहेको छ । यो चाउचाउ चिकन र भेज दुवैमा उपलब्ध हुने कम्पनीका मेनेजर शंकर दाहालले जानकारी दिए ।

नेपाली बजारमा पछिल्लो समय आवश्यकभन्दा बढी पिरोको मात्रा राखेर बजारिकरण गरेर उपभोक्ताहरूलाई अस्वस्थ बनाइरहेको अवस्थामा के मज्जा चाउचाउमा आवश्यक मात्रामा मात्रै पिरो राखिएको कम्पनीले जनाएको छ ।

यसैगरी उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै आएको के मज्जा चाउचाउ तेलमा कम समय मात्र पकाएको हुनाले अन्य ब्राउन नुडल्सको तुलनामा बढी स्वस्थकर हुने समेत दाहालको दाबी छ । साथै के मज्जामा डिहाईड्रेड भेजिटेबल प्रयोग भएका कारण अन्य चाउचाउको तुलनामा बढी स्वस्थकर भएको दाहालको भनाइ छ ।

विराटनगरबाट लन्चिङ सुरु गरेको के मज्जा पूर्वबाट बिस्तारै नेपाल भरी उपलब्ध गराउने कम्पनीको योजना रहेको जनाइएको छ ।

View : 1562

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved