विराटनगर । विराटनगरको अटो क्षेत्रमा पायोनियर मानिएको अटो प्यालेस फेरि सोही व्यवसायमा फर्केको छ ।
कुनै समय किया कम्पनीको गाडी बिक्रेता अटो प्लालेस प्रालि सुजुकी गाडीको आधिकारिक बिक्रेताका रुपमा फेरि यो क्षेत्रमा फर्केको हो ।
कम्पनीले बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै सुविधा समेटिएको नयाँ एसयूभी ‘भिक्टोरिस’ गाडी सार्वजनिक गरेको छ । यो गाडी नेपालका लागि आधिकारिक बिक्रेताको जिम्मा सीजी मोटोकर्पले पाएको छ ।
सार्वजनिक गरिएको नयाँ एसयूभी ‘भिक्टोरिस’ हाइब्रिड गाडी हो । अटो प्यालेसका निर्देशक राजेश भट्टराईले भिक्टोरिस स्ट्रोङ्ग हाइब्रिड भएको बताए ।
उनका अनुसार, स्ट्रोङ्ग हाइब्रिड श्रेणीका गाडीहरू पेट्रोल र विद्युत दुवै प्रकारले चल्छन् । तर यो गाडी चार्ज गरिरहनु पर्दैन ।
पेट्रोल इन्जिन चलेका बेला यसमा भएका ब्याट्रीहरू आफै चार्ज हुने किसिमले डिजाइन गरिएको छ । जसका कारण प्रति लिटर २८ किलोमिटरको माइलेज दिने भट्टराईले जानकारी दिए ।
जुन एउटा बुलेट मोटरसाइकलले दिने माइलेज बराबर भएको उनले बताए ।
कम्पनीका अनुसार, नयाँ सुजुकी भिक्टोरिसमा बलियो हाइब्रिड प्रविधिको हुनुका साथै चारपांग्रे ड्राइभ प्रणालीको यो गाडी म्यानुअल तथा स्वचालित दुवै गियर प्रणालीमा उपलब्ध छ ।
सुरक्षा र सडक सचेतनालाई विशेष ध्यान दिंदै यस एसयूभीमा दोस्रो तहको उन्नत चालक सहायता प्रणाली (लेभल–२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) जडान गरिएको कम्पनीले जनाएको छ ।
यस अन्तर्गत आपतकालीन स्वचालित ब्रेक प्रणाली, लेन परिवर्तन चेतावनी, अनुकूली क्रुज नियन्त्रण, अगाडि ठोक्किनबाट जोगाउने प्रविधि तथा चालकको सतर्कता निगरानी प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधा समावेश छन् ।
यस्तै, मजबुत संरचना र उन्नत सुरक्षा विशेषताको कारण सुजुकी भिक्टोरिसले अन्तर्राष्ट्रिय स्तरको पाँच तारे ग्लोबल एनक्याप सुरक्षा मूल्यांकन प्राप्त गर्न सफल भएको कम्पनीले दावी गरेको छ ।
ग्राहकको आराम र सहज यात्रालाई मध्यनजर गर्दै यस गाडीमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस मोबाइल जडान सुविधा, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, बहु–जोन स्वचालित वातानुकूलन, विद्युतीय रूपमा समायोजन गर्न मिल्ने सिट, प्यानोरामिक सनरुफ, प्रिमियम साउन्ड प्रणाली तथा पर्याप्त भित्री र लगेज स्थान उपलब्ध छ ।
शक्तिशाली प्रदर्शन, इन्धन किफायती हाइब्रिड प्रविधि र अत्याधुनिक सुविधाका कारण यो एसयूभीले ‘इन्डियन कार अफ द इयर–२०२५’ को प्रतिष्ठित अवार्ड समेत जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।
सीजी मोटोकर्पले यस एसयूभीको सुरुवाती विशेष अफर मूल्य ५० लाख ९९ हजार नेपाली रुपैयाँ तोकेको छ । साथै, सीमित अवधिका लागि पहिलो ५० बुकिङ गर्ने ग्राहकहरूलाई अधिकतम २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
View : 92
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved