Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

विषयगत समितिसँग सभामुखले मागे प्रगति

उद्घोष सम्वाददाता
१९ चैत २०८०, सोमवार

विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले प्रदेश सभाका सातवटा विषयगत समितिका सभापतिहरूसँग अहिलेसम्म गरेको कामको प्रगति विवरण माग गरेका छन् ।

आइतबार प्रदेश सभा सचिवालयमा आयोजित समिति सभापतिहरूसँगको बैठकका क्रममा सभामुख बिष्टले अहिलेसम्मको समितिको बैठकमा भए गरेका कामको विवरण माग गरेका हुन् ।

कोशी प्रदेश सभामा सात वटा विषयगत समितिहरू रहेका छन् ।

बैठकमा न्याय प्रशासन तथा विधायन समितिकी सभापति शिलादीक्षित कार्की, अर्थ समिति सभापति रोहितबहादुर कार्की, सार्वजनिक लेखा समिति सभापति किशोरचन्द्र दुलाल, सामाजिक विकास समिति सभापति गयानन्द मण्डल गनगाईँ, उद्योग पर्यटन समिति सभापति गोपालबहादुर विश्वकर्मा र पूर्वाधार विकास समिति सभापति खड्गबहादुर बस्नेतको उपस्थिति रहेको थियो ।

बैठकमा सात वटै समितिका सचिवहरूले समितिहरूको हालसम्मको कार्यप्रगति प्रस्तुत गरेका थिए । सचिवहरूले प्रस्तुत गरेको प्रगतिमा उपसभामुख सृजना दनुवारसहितको उपस्थितिमा छलफल गरिएको जनाइएको छ ।

छलफलमा केही समितिहरूको बैठक उल्लेख्य रहे पनि केहीको बैठक समेत नियमित नभएको भन्दै समितिहरूले अझ प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिइएको जनाइएको छ ।

View : 258

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved