Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

संखुवासभामा सुन चोर्ने र मोरङमा चोरेको सुन किन्ने पक्राउ

बिष्टले असारमा चोरेको गहना मोरङ सुन्दरहरैंचा–३ गछियामा रोनिष ज्वेलर्स सञ्चालन गर्ने ३८ वर्षीय महेन्द्रकुमार थापाले ३५ हजार ६ सय रुपैयाँमा खरिद गरेको खुलेको छ ।
उद्घोष सम्वाददाता
२५ साउन २०८१, शुक्रवार

विराटनगर । दुई वटा घरबाट सुन चोरेर बिक्री गर्ने एक युवक र खरिद गर्ने दुई जना पक्राउ परेका छन् । १९ वर्षीय किशोरले चोरी गरेका सुनका गहना खरिद गर्ने संखुवासभा र मोरङका मानिस पक्राउ परेका छन् ।

खाँदबारी–६ पाङ्ठा घर भएका किशोर अनिष बिष्टले फरक मितिमा दुई घरबाट लुटको शैलीमा चोरी गरेको प्रहरीले जनाएको छ । गत साउन ९ गते खाँदबारी–७ बेलडाँडाको एक घरमा प्रवेश गरी तिलहरी र मोवाइल फोन चोरी गरेका थिए ।  बिष्ट भाग्दै गरेको थाहा पाएर उनलाई पक्राउ गर्न प्रहरीले घेरा हालेको थियो ।

इटहरीतर्फ जाँदै गरेको माइक्रोबसमा बिष्ट सवार रहेको सुचनाका आधारमा प्रहरीले चैनपुर–११ मा घेरा हालेको थियो । तर, ब्याग छाडेर उनी फरार भएका थिए । ब्यागमा सुनचाँदीका गहना र मोवाइल फेला परेको थियो ।

भोलिपल्ट १० गते उनलाई धनकुटा प्रहरीको सहयोगमा पाख्रीबासबाट नियन्त्रणमा लिइएको संखुवासभा प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पक्राउपछि बिष्टले बताएअनुसार खाँदबारी–६ पाङ्ठाको एक घरमा प्रवेश गरी बञ्चरोले दराज फुटाएर गहना चोरी गरेको खुलेको छ ।

बिष्टले असारमा चोरेको गहना मोरङ सुन्दरहरैंचा–३ गछियामा रोनिष ज्वेलर्स सञ्चालन गर्ने ३८ वर्षीय महेन्द्रकुमार थापाले ३५ हजार ६ सय रुपैयाँमा खरिद गरेको खुलेको छ ।

यस्तै साउनमा चोरिएको गहना खाँदबारी–३ का रबिन विश्वकर्माले २१ हजार ६ सय रुपैयाँमा खरिद गरेको पाइएको छ ।

चोरीको गहना खरिद गरेको आरोपमा साउन २० मा मोरङका थापा र विश्वकर्मालाई २१ गते पक्राउ गरी जिल्ला अदालत संखुवासभाबाट म्याद थप गरेर अनुसन्धान भइरहेको निरीक्षक लामीछानेले बताए ।

View : 333

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved