सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा पहिलो पटक अन्तर्राष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी आयोजक नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी, सहआयोजक राष्ट्रिय युवा संघ नेपाल र व्यवस्थापक नेपाल खेलकुद महासंघ इनरुवा नगर कार्य समितिले प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने जानकारी दिएका हुन् ।
इनरुवा हरेक क्षेत्रमा पछाडि परिरहेको परिवेशलाई लिएर खेलकुद क्षेत्रमा स्थानीयलाई कुस्ती खेलप्रति आकर्षण बढाउने उद्देश्यका साथ सो प्रतियोगिताको आयोजना गरिएको संयोजक चिनेश्वर मेहताले बताए ।
कुस्ती प्रतियोगिताको लागि बंगलादेश, भारत र नेपालका कुस्तीबाज सहभागी हुने बताइएको छ । आगामी चैत ५ देखि ७ गतेसम्म इनरुवाको जेल फिल्डमा हुने प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार, द्वितीय हुनेलाई ७१ हजार र तृतीय हुनेलाई ५१ हजार पुरस्कार दिइने आयोजकले बताएका छन् ।
View : 251
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved