Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कर्मचारी र विद्यार्थी जुटे जलाइएका मोरङका दुई अदालतको सफाईमा (फोटो)

उद्‌घोष संवाददाता
२७ भदौ २०८२, शुक्रवार

विराटनगर । जेनजी प्रदर्शनकारीको अनियन्त्रित समुहले गरेको आगजनीबाट जलेर ध्वस्त भएको मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको सफाई सुरु गरिएको छ । 

शुक्रबार विराटनगरको ब्राइट भिजन ल कलेजका विद्यार्थीहरूले दुवै अदालतमा जलेर थुप्रिएको खरानी, सिसाका टुक्रा, जलेका फर्निचर लगायत सफाई गरेका छन् ।

आगजनीबाट दुवै अदालतमा ठुलो क्षति पुगेको छ । बर्षौंदेखिका हजारौं मुद्दाका मिसिल र मुद्दाका कागजात प्रमाणहरू जलेर नष्ट भएका छन् ।

अदालतमा रहेको कागजात, फर्निचर लगायतका कार्यालय सामग्री जलेपछि अदालतको सेवा अनिश्चितकालका लागि स्थगित भएको छ । 

मोरङ जिल्ला अदालतले कागजात आगजनी र तोडफोड भएको भन्दै अदालतबाट प्रवाह हुने सेवा तत्काल प्रवाह हुन नसक्ने जनाएको छ । अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले तत्कालै सेवा प्रवाह हुन नसक्ने अवस्था रहेको बताए ।

शुक्रबारदेखि कार्यालयका कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहयोगमा सरसफाई सुरु गरिएको छ । 

त्यसैगरी अदालतका न्यायधीस र कर्मचारीका सवारी साधन, मुद्दा चलिरहेका सवारी साधन सम्पूर्ण रुपमा जलेका छन् ।

View : 390

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved