Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

पेसागत महासंघले गर्‍यो दुई दिने प्रशिक्षण

उद्‌घोष संवाददाता
१ माघ २०८०, सोमवार

Advertisement

विराटनगर । पेसागत महासंघ कोशी प्रदेश कमिटीले दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पेसागत महासंघ नेपाल जिल्ला समिति मोरङ र सुनसरीको व्यवस्थापनमा प्रशिक्षण गरिएको जनाइएको छ ।

प्रशिक्षण कार्यक्रममा जनताको बहुदलीय जनवादको वैचारिक र व्यावहारिक पक्षहरू तथा सुसाशनको विषयमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज गुरु बराल, एमाले केन्द्रीय लेखा आयोग सचिवका शिव अधिकारी, पोलिटब्युरो सदस्य ईश्वरीप्रसाद रिजाल, महासंघका राष्ट्रिय अध्यक्ष पुण्यप्रसाद ढकाल लगायतले प्रशिक्षण दिएका थिए । सार्वजनिक प्रशासनको महत्त्व र कर्मचारी उत्प्रेरणा सम्बन्धी विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा पेसागत महासंघ नेपाल राष्ट्रिय समिति अनुशासन आयोगका अध्यक्ष राजकुमार गिरी र गोमा खड्कालाई सम्मानसमेत गरिएको जनाइएको छ ।

उनीहरुले महासंघ कोशी प्रदेश कमिटीको भवन निर्माण गर्न सुनसरीमा एक करोड मूल्य बराबरको एक कट्ठा जग्गा उपलब्ध गराउनुका साथै भवन निर्माण गर्न ३ लाख १ हजार रुपैयाँ नगदसमेत प्रदान गरेका थिए ।

उक्त योगदानको उच्च मूल्यांकन गर्दै गिरी र खड्कालाई सम्मान गरिएको पेसागत महासंघ नेपाल कोशी प्रदेश समितिका अध्यक्ष अशेषकुमार लम्सालले बताए ।

View : 500

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved