विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुरस्थित स्व ओमप्रकाश गोयल कोलोनीका परिवारलाई खाद्यसामग्री प्रदान गरेका छन् ।
समाजसेवी गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा भद्रपुर नगरपालिका वडा नं ६ भातियाबाडीमा घरबारविहीनका लागि कोलोनीको निर्माण गरिदिएका थिए ।
उनले सोही कोलोनीमा बसोबास गर्दै आएका १४ र बाहिरको १ गरी १५ परिवारलाई माघे संक्रान्ति मनाउन खाद्यसामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा समाजसेवी गोयलका प्रतिनिधिका रूपमा उपस्थित गौतमबुद्ध स्कुलका प्रधानध्यापिका जयन्ती मानी र समाजसेवी सजल कुण्डूले सो सामग्री वितरण गरेका थिए । प्रति परिवार चामल २५, मसुरो दाल ३, आलु ५, नुन ५, सखर ३ र मुरई (भुजा) ३ किलो प्रदान गरिएको छ ।
त्यस्तै प्रति परिवार तोरीको तेल २ लिटर, सोयाबिन १ प्याकेट र नगद ५ सय पनि प्रदान गरिएको थियो ।
समाजसेवी गोयलले स्वर्गीय ओमप्रकाशका नाममा १ करोड रुपैया खर्च गरेर निर्माण गरिदिएको कोलोनीको उद्घाटन गत वैशाख १० गते गरिएको थियो । नगरपालिकाको समन्वयमा उक्त स्थानलाई ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको छ ।
समाजसेवी गोयलले केही दिनअघि ती परिवारलाई न्यानो कम्बल उपलब्ध गराएका थिए ।
View : 186
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved