विराटनगर । मोरङको धनपालथाल गाउँपालिका–६ र ७ को सिमावर्ती कदमाहामा मंगलबार दिउँसो आगलागी हुँदा परी एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मो. हनिफकी छोरी ३ वर्षीय रेश्मा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आगो नियन्त्रणका लागि दमकलको सहयोगमा प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेको जनाइएको छ ।
View : 302
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved