Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराट भेट्रान गोल्डकप : भारतको खार्साङलाई उपाधि

उद्‌घोष संवाददाता
१ वैशाख २०८३, मङ्गलवार

Advertisement

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको खार्साङ लिजेन्ट टोलीले जितेको छ । फाइनल खेलमा झापाको दूधे भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै खार्साङ लिजेन्ट च्याम्पियन बनेको हो । 

सो खेलको निर्णायक गोल खार्साङका सोनाम चोङले गरेका थिए । उनले गरेको एकमात्र गोल नै टोलीलाई उपाधि दिलाउन पर्याप्त बन्यो । 

खेलभर दूधे भेट्रानमाथि दबाब सिर्जना गरेको खार्साङले आक्रामक प्रदर्शन गरेको थियो । झापाले केही उत्कृष्ट अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा उपविजेतामै सीमित हुनुपरेको थियो ।

प्रतियोगितामा खार्साङका सुरज लामा उत्कृष्ट गोलरक्षक घोषित भए भने फाइनल खेलका उत्कृष्ट खेलाडीमा सोनाम चोङ घोषित भए । मिल्स भेट्रानका तेजमान लिम्बू प्रतियोगिताको उच्च गोलकर्ता बने । 

विजेता तथा उपविजेता टोलीलाई नगरप्रमुख  केदारप्रसाद गुरागाईं, आयोजक विराट भेट्रान क्लबका अध्यक्ष राजन योञ्जन, नगर प्रवक्ता रोशन ढकाल, नगर खेलकुद विकास समिति सदस्य सचिव खड्ग श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालगायत विभिन्न विधागत पुरस्कार पनि प्रदान गरिएको आयोजकले जनाएको छ । 

विराट भेट्रान क्लब, सुन्दरहरैंचाको आयोजनामा भएको  प्रतियोगितामा आयोजक विराट भेट्रान क्लबसहित काँकडभिट्टा भेट्रान (झापा), दूधे भेट्रान (झापा), हाम्रो धरान भेट्रान (सुनसरी), भरौल भेट्रान (सुनसरी), दार्जिलिङ भेट्रान (भारत), पथरी भेट्रान (मोरङ) र मिल्स भेट्रान (मोरङ) गरी आठ टोलीको सहभागिता थियो ।

View : 238

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved