Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन :

खोटाङ : नयाँ उम्मेदवारबीच रोचक भीडन्त

उद्‌घोष संवाददाता
१८ माघ २०८२, आइतवार

विराटनगर । नेकपा एमाले, माले हुँदै सक्रिय राजनीतिबाट टाढिएका वामपन्थी बौद्धिक हरि रोकालाई माओवादीले  संविधानसभामा पुर्याएको थियो । 

त्यसपछि पनि राजनीति छाडेर लेखपढ गर्दै खोटाङमा खेतीपातीमा व्यस्त उनलाई माओवादीसमेत संलग्न नेपाली कम्युनिष्ट पार्टीले यसपटक जिल्लामा उम्मेदवारका रुपमा अघि सारेको छ । 
खोटाङमा दोस्रोपटक चुनाव लड्दै गरेका रोकाको चुनाव चिन्ह भने यसपटक पनि तारा नै बनेको छ । 

२०५६ मा मालेबाट ‘तारा’ चुनाव चिन्ह लिएर उठेका रोका नेकपाबाट तारा चिन्ह लिएरै मैदानमा छन् । 

आफ्नो सरकार बने रोकालाई अर्थमन्त्री बनाउने नेकपा संयोजक प्रचण्डको घोषणाले रोका जिल्लामा यसपटक दाबेदारका रुपमा हेरिएका छन् ।

नेकपाले यसो भनिरहे पनि खोटाङ एमालेको बलियो प्रभाव रहेको जिल्ला हो । कोशी पहाडी यो जिल्लाको संसदीय राजनीतिमा यसपटकबाट पुरानो अध्याय समाप्त भएर नयाँ सुरु हुने निश्चित भइसकेको छ । त्यो के भने,  पाँच पटकसम्म संसदीय चुनाव लडेका एमाले नेता विशाल भट्टराई यो पटक मैदानमा छैनन् । उनीसँगै प्रतिस्पर्धा गरिसकेका कांग्रेसका पुराना उम्मेदवारहरु पनि प्रतिष्पर्धामा छैनन् । 

नेकपाले यसो भनिरहे पनि खोटाङ एमालेको बलियो प्रभाव रहेको जिल्ला हो । कोशी पहाडी यो जिल्लाको संसदीय राजनीतिमा यसपटकबाट पुरानो अध्याय समाप्त भएर नयाँ सुरु हुने निश्चित भइसकेको छ । त्यो के भने,  पाँच पटकसम्म संसदीय चुनाव लडेका एमाले नेता विशाल भट्टराई यो पटक मैदानमा छैनन् । उनीसँगै प्रतिस्पर्धा गरिसकेका कांग्रेसका पुराना उम्मेदवारहरु पनि प्रतिष्पर्धामा छैनन् । 

दुई दशकभन्दा बढी समय खोटाङको चुनावी केन्द्रमा रहेका अनुहारहरू चुनावी प्रतिष्पर्धाको होडबाट बाहिर रहँदा फागुन २१ को निर्वाचनले नयाँ अनुहारलाई सांसदका रुपमा पाउने निश्चित भएको छ ।

२०५६ सालदेखि चुनावी प्रतिस्पर्धामा रहेका सबै प्रमुख पात्र बाहिरिंदा, त्यही वर्ष पहिलो पटक चुनाव लडेका हरि रोका भने २६ वर्षपछि पुनः मैदानमा फर्किएका छन् । 

अहिलेसम्म खोटाङको मुख्य प्रतिस्पर्धा एमालेका देवविक्रम राई, कांग्रेसका वीरकाजी राई र नेकपाका हरि रोकाबीच हुने अनुमान छ । 

२०५६ सालमा एमालेबाट विशाल भट्टराई पहिलो पटक मैदानमा उत्रिँदा, हरि रोका एमाले फुटेर बनेको मालेबाट उम्मेदवार थिए । वाम विभाजनको फाइदा त्यसबेला कांग्रेसले लियो । 

क्षेत्र नम्बर १ बाट सर्वधन राई र २ बाट शिवकुमार बस्नेत विजयी भएका थिए । त्यो जितपछि भने कांग्रेस खोटाङमा संघीय सांसद जित्न असफल रहंदै आएको छ ।

त्यसयता कांग्रेसले उम्मेदवार फेरिरह्यो, सुवासकुमार पोखरेल, विष्णुकुमार राई, नरेशकुमार श्रेष्ठ, सरस्वती वजिमय—तर नतिजा फेरिएन । 

माओवादीको उदयसँगै २०६४ मा दुवै क्षेत्रमा माओवादी विजयी भयो । २०७० मा एमालेले पुनः कब्जा जमायो । २०७४ मा वाम गठबन्धन र २०७९ मा कांग्रेस–माओवादी गठबन्धनबाट नतिजा तय भयो । 

अब खोटाङमा एउटा मात्र निर्वाचन क्षेत्र छ र गठबन्धन पनि छैन । एमालेले पाँच पटक चुनाव लडेका विशाल भट्टराईलाई विश्राम दिंदै जिल्ला अध्यक्ष देवविक्रम राईलाई अघि सारेको छ । 

कांग्रेसले महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव वीरकाजी राईलाई उम्मेदवार बनाएको छ । नेकपाले भने लामो समय राजनीतिबाट टाढा रहेका अर्थशास्त्री रोकालाई मैदानमा उतारेको छ ।

खोटाङमा दलहरुबाट १३ र  दुई स्वतन्त्रसहित १५ उम्मेदवार छन् । श्रम संस्कृति पार्र्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय परिवर्तन पार्र्टी, जसपा, राप्रपा, नेमकिपालगायतका दलले पनि उपस्थिति जनाएका छन् । 

एमाले खोटाङमा आफ्नो सांगठनिक मत सबैभन्दा बलियो रहेको दाबी गर्छ । २०७९ मा विभाजनका कारण मत घटे पनि अहिले पार्टी एकताबद्ध भएको एमालेको बुझाइ छ । कांग्रेस भने यसपटक विद्रोह नहुने र सबै मत एकै ठाउँमा खस्ने दाबी गर्छ । 

अघिल्ला चुनावमा देखिएको अन्तर्घात यसपटक नदोहोर्याउने कांग्रेस नेताहरूको भनाइ छ । नेकपाले भने हरि रोकाजस्तो गैर–पार्टी, विज्ञ व्यक्तित्वलाई अघि सारेको र तटस्थ मतदाताको समर्थन पाउने आशामा छ । 

यसपटक खोटाङमा कूल १ लाख ४७ हजार १२० जना मतदाता छन् । २०७९ को निर्वाचनमा खोटाङमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनसँग पराजित भए पनि समानुपातिकमा एमालेको मत सबैभन्दा धेरै आएको थियो । 

एमालेले २४ हजार २७१ मत पाउँदा कांग्रेसको १८ हजार ६७२ र माओवादीको ११ हजार ८४५ मत थियो । एकीकृत समाजवादीले ३ हजार ३६३, जसपाले २ हजार २४८ र रास्वपाले १ हजार ४९७ मत प्राप्त गरेका थिए ।

View : 247

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved