विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले गएको एक आर्थिक वर्षमा ६५ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ ।
यसमध्ये आधाभन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको अस्पतालका व्यवस्थापक नवीन राजवंशीले जानकारी दिएका छन् ।
अस्पतालको बुधबार सम्पन्न सातौं वार्षिक साधारणसभामा उनले विभिन्न शिविरहरूमार्फत झण्डै २५ हजारको आँखा जाँच गरिएको पनि बताए ।
अस्पतालका पुराना चिकित्सक डा. यादवभक्त जोशीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा विभिन्न व्यक्तिहरूले शुभकामना दिएका थिए ।
शुभकामना दिनेहरूमा समाजसेवी बेनीगोपाल मुण्दडा, नेपाल नेत्रज्योति संघका विजयहरि शर्मा, डा.मोहनचन्द्र घिमिरे, डा. भाष्कर झा, खेम नेपाली, विन्देश्वर महतो, सुरेन्द्र गोल्छा, अधिवक्ता राजकुमार राउतलगायतका थिए ।
साधारणसभाको उद्घाटन प्रतिष्ठानका कार्यवाहक अध्यक्ष दिनेश गोल्छाको सभापतित्वमा सम्पन्न भएको थियो ।
View : 272
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved