Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङमा डिजेको प्रयोगमा प्रशासनको रोक

उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म डिजे साउण्डको प्रयोग गर्न निषेध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा मंगलबार जारी सूचनाअनुसार जिल्लामा हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी–उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि सार्वजनिक स्थलमा डिजे बजाउन वा प्रयोग गर्न नपाइने भएको हो ।

प्रशासनले शान्ति–सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा रोक लगाइएको जनाएको छ ।

सूचनाको अवज्ञा गरी कसैले डिजेको प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लावासी, आयोजक तथा सरोकारवालालाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

View : 97

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved