Biratnagar, Morang, Nepal
११ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि

उद्घोष सम्वाददाता
१० साउन २०८१, बिहिवार

काठमाडौँ, १० साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ ।

कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ । नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । 

नेप्सेका अनुसार उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा समान नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । यस्तै, गणपति लघुवित्त नौ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । 

मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ६५, माण्डू हाइड्रोपावर चार दशमलव ६८, एसबिएल डिबेञ्चर तीन दशमलव ९२, कालिका पावर कम्पनी तीन दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।

View : 108

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved