विराटनगर । विराट व्यापार संघको आसन्न १२ अधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्ने भएसँगै अध्यक्षका लागि अंशु बञ्जाराले आफ्नो नाम घोषणा गरेका छन् । बिहीबार (भोलि) संघको अधिवेशनको मिति तय गरिएको छ ।
बञ्जरा मदिरा व्यवसायी संघ मोरङका अध्यक्षसमेत हुन् । उनको समूहबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद जिन्दल, उपाध्यक्षमा किरण ढुंगेल र प्रविण अग्रवाल, महासचिवमा मनोहर कार्कीले उम्मेदवारी दिने घोषणा गरेका हुन् । भवेश पौडेल कार्यसमितिले पनि पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
जिन्दल संघको वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् उनले सोही पदमा दोर्याउने घोषणा गरेका छन् । हालै भएको विराटनगर हार्डवेयर संघको अधिवेशनले जिन्दललाई अध्यक्ष चयन गरेको छ ।
यस्तै ढुंगेल र कार्की विराट व्यापार संघको वर्तमान कोषाध्यक्ष, कार्यसमिति छन् ।
विराट व्यापार संघमा ३ हजार २ सय सदस्य छन् । नविकरण गर्ने सदस्यले मात्र अधिवेशनमा सहभागी हुन पाउने जनाइएको छ ।
View : 180
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved