Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

जनकपुर बोल्ट्ससँग रमपमको सहकार्य

उद्‌घोष संवाददाता
८ मंसिर २०८२, सोमवार

विराटनगर । लोकप्रिय ब्रान्ड रमपम नुडल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिएको छ । 

यसपटक पनि रमपम जनकपुर बोल्ट्सको अफिसियल एशोसिएट पार्टनरको रूपमा सहभागी हुने भएको हो ।

एसियन थाई फुड्स लिमिटेडको प्रिमियम ब्राण्ड रमपम र जनकपुर बोल्ट्सबीचको सहकार्य आपसी सम्मान र निष्ठाको प्रतीक भएको कम्पनीले जनाएको छ । 

कम्पनीका निर्देशक आशीष जाजूले यस वर्षको सिजनमा पनि जनकपुर बोल्ट्ससँग अफिसियल एशोसिएट पार्टनर हुनुले निरन्तर सम्बन्ध र दुवैपक्षको विश्वासले सहकार्य अझ मजबुत बन्दै गएको उल्लेख गरे । 

‘यो केवल व्यावसायिक सहकार्यमात्र होइन, वर्षौदेखि विकसित हुँदै आएको विश्वास, निष्ठा र आपसी सम्मानको प्रतीक पनि हो’ जाजूले भने ।

View : 171

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved