विराटनगर । सप्तकोशी नदीको उच्च बहावका कारण कोशी ब्यारेज माथिबाट बगेको पानीसँगैको फोहोर सफा गर्न सुरु गरिएको छ ।
कोशी ब्यारेजमा ६ लाख ६१ हजार क्युसेक पुगेको बहाव अहिले घटिरहेको जनाइएको छ ।
बहाव घटेपछि ब्यारेजमा थुप्रिएको काठदाउरा, प्लाष्टिकका बोतल लगायतका फोहोर र लेदो सफाइ गरिएको हो ।
आइतबार बिहान कोशी ब्यारेजमा सबैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड बनेको थियो । उच्च बहावका कारण कोशीको बाढी ब्यारेजको पुलमाथिबाटै बगेको थियो । पानीसँगै जम्मा फोहोर ब्यारेज प्रशासन र प्रहरीले सफाइ गरेको जनाइएको छ ।
कोशी ब्यारेजमा अहिले ६ लाख २८ हजार क्युसेकभन्दा तल झरिसकेको जनाइएको छ ।
बहाव घटेपनि ब्यारेजबाट अत्यावश्यक सेवाका सवारी साधनबाहेक बाहेक कोही कसैलाई पनि आवत जावत गर्न दिइएको छैन ।
View : 375
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved