Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सिडियो कार्यालय छेउमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

उद्‌घोष संवाददाता
१९ फागुन २०८२, मङ्गलवार

विराटनगर । चुनावी माहौल बिथोल्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालय मोरङको छेउमै राखिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । 

स्कुटरमा आएका दुईजना व्यक्तिले सोमबार बेलुका करीव ९ बजेतिर त्यहाँ शंकास्पद बस्तु छाडेर गएको अनुसन्धानका क्रममा खुलेको छ ।

शंकास्पद बस्तुलाई राती डिस्पोज गर्न नमिल्ने भएकोले आज बिहानै डिस्पोज गरिएको हो । उक्त वस्तु बिस्फोटक वस्तु नभएको खुलेको छ । 

सुरक्षा स्रोतका अनुसार उक्त वस्तु माटोको हण्डी भएको खुलेको छ भने सेनाको बम डिस्पोजल टोली बिहान साढे ६ बजे डिस्पोज गरेको छ ।

प्रहरीले चुनावको मुखमा सर्वसाधारण मतदातालाई आतंकित पार्ने उदेश्यले यस्तो गतिविधि भएको हुनसक्ने भन्दै संलग्न व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ ।

View : 93

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved