विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी फ्रदेशको आयोजानमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । बुधबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नेपाल फ्रहरी तथा यातायात व्यवसायीबीचमा अन्तरक्रिया गर्दै कार्यत्रम सम्पन्न भएको हो ।
मोटर बीमाका विषयमा भएका ऐन कानुनका विषयमा जानकारी गराउने उद्देश्य साथै सुझाव समेत संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको फ्राधिकरणले जनाएको छ । अन्तरक्रिया कार्यत्रममा यातायात व्यवसायीहरूले बीमा भुक्तानीका लागि विभिन्न समस्या झेल्नु परेको बताएका थिए ।
यातायात व्यवसायी हरी थापाले संघ र प्रदेशको ऐन, कानुन फरक–फरक हुदा बीमा भुत्तानीका लागि धेरै नै झन्झट व्यहोर्न बाध्य हुनुपरेको बताए । बीमा कम्पनीहरूले अनेकन दुःख दिएका कारण भुक्तानीमा समस्या भइरहेकाले यसको समाधानका लागि प्राधिकरणले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल बीमा व्यवसाय समाजका अध्यक्ष खड्ग श्रेष्ठले नियमनकारी निकायले बनाएको ऐन, कानुनलाई आधार मानेर बीमा कम्पनीहरूले काम गर्ने गरेको बताए । बीमा कम्पनीहरूले दुर्घटना भएको अवस्था हेरेर कानुनअनुसार क्षतिपूर्ति दिने गरेको उनले बताए । साना र ठूला सवारी दुर्घटनाको हकमा भने केही समस्या रहेको र सम्बन्धित पक्षले स्पष्ट ऐन ल्याउन आवश्यक भएको उनको भनाइ थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बीमा कम्पनीहरूले धेरै बदमासी गर्ने गरेका हुदा यसलाई सुधार गर्न आवश्यक रहेको बताए।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले छलफलका क्रममा उठेका समस्याहरूलाई सबैले मिलेर समाधान गर्नुपर्ने बताए । यातायात व्यवसायी, बीमा कम्पनी, बीमा प्राधिकरण, प्रहरी जसका कारण बीमा भुक्तानीमा समस्या भएका भएपनि आगामी दिनमा सुधार गर्दै लानुपर्ने उनले बताए ।
प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जयराज सापकोटाले यातायातव्यवसायीलाई सवारी साधन चुस्तदुरुस्त राख्न र सवारी चालकलाई सचेत गराउन सुझाव दिए ।
छलफलका क्रममा आएका गुनासातथा सुझावहरूलाई सम्बोधन गर्न प्राधिकरणले विशेष भूमिका खेल्ने नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेलले बताए । बीमा दाबी भुक्तानी नभएको भनेर प्राधिकरणमा चालु आर्थिक वर्षको हालसम्म ५२ वटा उजुरी परेको उनले जानकारी दिए ।
View : 176
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved