विराटनगर । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’लगायतका अन्य सुविधा थप गरेको छ । सो सुविधा सँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।
अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजताअनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्ने छन् ।
त्यसको लागि एपमा लग इन गरी एक्पाइरी पप अप देखिएपछि ‘रिनो नाउ’ मा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापनपछि कन्टिन्यू थिचेर आफ्नो ट्रान्जेसन पीन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ ।
यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो एआइडी, पान तथा इमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।
View : 113
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved