Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

पोखरेलको ‘कालग्रन्थ’ लाई जयहिरा बालबाङ्मय किशोर आख्यान पुरस्कार

उद्‌घोष संवाददाता
२१ मंसिर २०८२, आइतवार

विराटनगर ।  बालसाहित्य तथा अनुसन्धान केन्द्र नेपालले यस वर्षको ‘जयहिरा बालबाङ्मय किशोर आख्यान पुरस्कार’ लेखक रोशन पोखरेलद्वारा लिखित उपन्यास ‘कालग्रन्थ’ लाई प्रदान गर्ने घोषणा गरेको छ । बाल तथा किशोर साहित्यको क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै पोखरेललाई सो पुरस्कारद्वारा सम्मान गर्ने निर्णय गरिएको हो ।

केन्द्रका अध्यक्ष अनन्त वाग्ले र महासचिव दयाराम पोखरेलद्वारा जारी पत्रअनुसार, बाल साहित्यकार पोखरेललाई नेपाली बालसाहित्यको विकास, संरक्षण र अनुसन्धानमा निरन्तर, गुणस्तरीय र प्रभावकारी योगदान पुर्‍याएबापत यो सम्मान प्रदान गर्न लागिएको हो ।

सो सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आगामी शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँमा आयोजना हुने जनाइएको छ । बालसाहित्य तथा अनुसन्धान केन्द्र नेपालले बालसाहित्य, बालअधिकार र अनुसन्धानका क्षेत्रमा क्रियाशील स्रष्टा तथा व्यक्तित्वहरूलाई नियमित रूपमा सम्मान गर्दै आएको छ ।

संस्थाले यस किसिमका कार्यक्रमले बालसाहित्य लेखनप्रति नयाँ पुस्तालाई आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

झापा जिल्लाको भद्रपुरमा जन्मिएका साहित्यकार रोशन पोखरेल बाल तथा किशोर साहित्य लेखनमा सक्रिय रहदै आएका छन् ।  हालसम्म उनका बाल र किशोर साहित्यसम्बन्धी दुई दर्जन भन्दा बढी कृतिहरू प्रकाशित भइसकेका साहित्यानुरागी शिव श्रेष्ठले बताए । 

बैंकिङ क्षेत्रमा कार्यरत पोखरेल पछिल्लो समयमा विराटनगरमा बसेर साहित्य सिर्जना गर्दै आएका छन् । 

सम्मान गर्ने घोषणा सुनेर साहित्यानुरागी शिव श्रेष्ठ लेख्छन् ‘जय हिरा बालवाङ्मय किशोर आख्यान पुरस्कार २०८१ू ले  पुरस्कृत उपन्यास काल ग्रन्थका सर्जक रोशन पोखरेललाई मुरी मुरी बधाई तथा शुभकामना । हुन त सबैले आफ्नो सृजना पृथक भन्छन र यो स्वभाविक छ तर  लेखनमा– पात्र चयन –पौराणिकता –मनोबैज्ञानिक पक्ष, –क्रमिकता, –उत्शुकता, –शाब्दिक गहिराई आदि उहाँको लेखनको मुल मन्त्र हुन्।  कलमको अबिरलताको लागि पनि फेरि पनि अनन्त शुभकामना ।’

View : 382

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved