विराटनगर । लायन्स क्लब अफ विराटनगर गोग्राहाले मोरङको सुन्दरहरैंचा–३ गछियास्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेको छ ।
बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रममा लायन्स क्लब विराटनगर गोग्राहाका अध्यक्ष प्रकाश पराजुली, संस्थापक अध्यक्ष तेजलाल कर्ण, लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सी का गभर्नर विकास अधिकारी लगायतले सो स्कुलका ७० विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा ट्रयाकसुट वितरण गरेका हुन् ।
कार्यक्रममा लायन्स क्लबका रमेश खत्री, राजन निरौला, सुशील सन्थलिया, चन्द्रमणि गुरागाँई, सुन्दरहरैंचा–३ का कार्यवाहक वडाध्यक्ष नीलम अधिकारी लगायतको सहभागिता थियो ।
विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद दुलालले निम्न वर्गीय समुदायका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेर उत्कृष्ट काम गरेको भन्दै क्लबलाई धन्यवाद दिएका थिए ।
View : 435
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved