Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराटनगरमा मिल व्यवसायीको नापतौल प्रमाणीकरण सम्पन्न

उद्‌घोष संवाददाता
६ जेठ २०८२, मङ्गलवार

विराटनगर/  मोरङका साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघ विराटनगर र बुढीगंगा गाउँपालिकाका मिल व्यवसायीहरूको प्रत्यक्ष सहभागितामा नापतौल प्रमाणीकरण कार्य सम्पन्न भएको छ। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको सहयोगमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ३० वटा उद्योगले आफ्ना नापतौल उपकरणहरूको प्रमाणीकरण गराएका छन्।

 घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भवानी घिमिरेको उपस्थितिमा भएको सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, सचिव भवेश पौडेल, महासंघका प्रदेश उपाध्यक्ष लिलादेवी रिजाल, वरिष्ठ उपाध्यक्ष विजय राय, सहसचिव गणेश शाह लगायत कुटानी पिसानी सम्बद्ध प्रतिनिधिहरू तथा गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नापतौल प्रमाणीकरणले व्यवसायमा पारदर्शिता र उपभोक्ताको हित संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

View : 538

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved