विराटनगर । इलाम र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने १८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो इलामको इलाम नगरपालिका–७ बाट जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले ११ जनाको समुहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलाम–६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ बर्षीय रञ्जन बिक, ४२ बर्षीय विकास लिम्बु, ४० बर्षीय मणि कुमार प्रधान, ४१ बर्षीय मिनराज सुब्बा, इलाम–७ का २७ बर्षीय सुवास श्रेष्ठ, ३० बर्षीय अनिल श्रेष्ठ, इलाम–८ का ३३ बर्षीय देव कुमार राई, ३५ बर्षीय केशब सुवेदी, इलाम–६ का ४० बर्षीय सुन्दर परियार, इलाम–३ का २८ बर्षीय कर्ण तामाङलाई पक्राउ गरेको हो । उनीहरूले जुवातास खेलिरहेको ठाउँबाट नगद २ लाख ४५ हजार ३६० रुपैयाँ र १० बुक तास समेत बरामद गरेको जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१ आदर्श मार्गस्थित शम्भु रेग्मीको घरमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरूबाट ४७ हजार २०० रुपैयाँ नगद र एक बुक तास बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा धरान–१ का ३१ बर्षीय प्रज्वल रेग्मी, ३१ बर्षीय सबिन बस्नेत, २९ बर्षीय रवि चौधरी, ३५ बर्षीय प्रदिप सुवेदी, धरान–१६ का २९ बर्षीय आशिष प्रधान, धरान–१५ का ३२ बर्षीय अविशेक लिम्बु र धरान–१२ का ३६ बर्षीय रवि साह रहेका छन् । पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी कारवाही भइरहेको छ ।
View : 294
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved