विराटनगर । काबरा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरूको दुईदिने भेला मोरङको विराटचोकमा हालै सम्पन्न भएको छ ।
कम्पनीका मार्केटिङ प्रमुख सुनिलचन्द्र मुखियाका अनुसार बिस्कुट, चकलेट, स्न्याक्स तथा चाउचाउतर्फका बिक्री समूहका कर्मचारीहरूको भेला शनिबार सम्पन्न भएको हो ।
विगत चार दशकदेखि काबरा ग्रुपको नामबाट सञ्चालन गरिएको बिस्कुट उद्योग पछिल्लो अवस्थामा बिस्कुट, चकलेट, स्न्याक्स तथा चाउचाउसम्ममा विस्तार भएको छ ।
कम्पनीका संस्थापक गणपतलाल काबराको उपस्थितिमा ७ वटा प्रदेशका साथै प्रधान कार्यालयका कर्मचारीबीच छलफल र सहकार्य गरी वार्षिक साधारण सभासमेत सम्पन्न भएको मुखियाले जानकारी दिए ।
उनका अनुसार सो अवसरमा कम्पनीका अध्यक्ष रामनिवास काबरा, सञ्चालकहरू नवलकिशोर काबरा, सञ्चालक श्याम काबरा तथा राजेश काबरा साथै तेस्रो पुस्ताका सञ्चालकहरू शरद काबरा, श्रीधर काबरा र मिलिन्द काबरा उपस्थित थिए ।
सो अवसरमा कम्पनीले २० जना कर्मचारीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । कार्यक्रममा उपस्थित कर्मचारीहरूलाई सञ्चालक श्याम काबराले धन्यवाद ज्ञापन गरेका थिए ।
काबरा ग्रुपले टेस्टी टेस्टी बिस्कुट, टेस्टी टेस्टी चाउचाउ, रोमियो, ज्याकपट, घोष्ट पेपर, चोको किड्स जस्ता लोकप्रिय ब्राण्ड बजारमा बिक्री वितरण गर्दै आएको छ ।
View : 119
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved