विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न भएको छ ।
दुईदिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी भएका थिए ।
उनीहरूलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नयाँ नागरिकताका लागि अनलाइन सिफारिस, सिफारिस गर्नुभन्दा अगाडि आवश्यक पर्ने कागजातलाई स्क्यान गर्ने तरिकालगायतका विषयमा जानकारी गराइएको थियो ।
समापन कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्कीले नागरिकताको अनलाइन सिफारिसले जिल्ला प्रशासन कार्यालयमा हुने ढिलासुस्ती र झन्झट कम हुने दाबी गरिन् ।
समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन नागरिकता सिफारिस वडाबाट भएर आएपछि सेवाग्राहीको सनाखत गरेर तत्काल नागरिकता प्रमाणपत्र प्रदान गर्ने सहज भएको बताए ।
प्रजिअ यादवले मोरङका १७ स्थानीय तहका १५९ वडामा एक साथ यो सेवा सुरू भइसकेको जानकारी दिए ।
View : 367
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved