Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

खोलामा फसेका चार जनाको सकुशल उद्धार

उद्‌घोष संवाददाता
११ भदौ २०८२, बुधवार

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–२ स्थित ईवा खोलामा अचानक आएको बाढीका कारण खोलाको बिचमा फसेका चार जनाको प्रहरीले सकुशल उद्दार गरेको छ । 

मंगलबार साँझ पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमानामा रहेको ईवा खोलामा पाहा मार्न गएका फिदिम नगरपालिका–४ का १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाक बाढी कारण खोलामा फसेका थिए । 

प्रहरीले उद्दारको प्रयास गर्दा पानी परिरहेको र खोलामा बाढी आएर उद्धार गर्न कठिनाई भएपछि खोलामा फसेकाहरूलाई चाउचाउ र लाइटर उपलब्ध गराएको थियो । 

प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरीले उपलब्ध गराएको खानेकुरा खाएर उनीहरू रातभरी ढुंगाको ओतमा आगो तापेर बसेका थिए । 

खोलामा बाढी घटेपछि बुधबार अपरान्ह स्थानीयको सहयोगमा बाँसको अस्थायी पुल बनाएर चारैजनालाई सकुशल उद्दार गरिएको जनाइएको छ ।

View : 398

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved