विराटनगर । मोरङ चेम्वर अफ कमर्सको छैटौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनबाट शिव प्रसाद रिजालको अध्यक्षतामा निर्वाचित कार्यसमितिले आफ्नो कार्यकाल सुरु गरेको छ । बिहीबार कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पदस्थापन गरेपछि उनीहरूको कार्यकाल सुरु भएको जनाइएको छ ।
अधिवेशनबाट रिजालको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता शुरेसलाल श्रेष्ठले घोषणा गरेका थिए ।
कार्यसमितिको दुई उपाध्यक्षमा तुलसी पोखरेल र घनश्याम कावरा, महासचिवमा कृष्ण प्रसाद दाहाल, कोषाध्यक्षमा मनोज कुमार मिश्र, सचिवमा हरि बहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा देवेन्द्र बहादुर बस्नेत चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा अञ्जली देवी श्रेष्ठ, धूगल किशोर राठी, दुर्गामणी रेग्मी, विजय सुराना, सिता देवी अधिकारी, चिरञ्जिवी पराजुली, सुरेश कुमार भट्टराई, रितेश खनाल, शशी मोहन सिन्हा (निरज), सुवास प्रसाद रिजाल र विकास लालवानी चयन भएको जनाइएको छ ।
View : 421
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved