Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

लोकनृत्यमा हिमालय र विराट एकेडेमी उत्कृष्ट

उद्घोष सम्वाददाता
२८ माघ २०८०, आइतवार

सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन) नेपाल सुन्दरहरैंचा नगर कार्यसमितिको आयोजना गरेको लोकनृत्य प्रतियोगितामा माथिल्लो कक्षा (वरिष्ठ) तर्फ हिमालय अंग्रेजी स्कुल सुन्दरहरैंचा प्रथम भएको छ । यस्तै सनसाइन एकेडेमी दोस्रो र  रेस्नल चिल्ड्रेन तेस्रो घोषित भयो ।

तल्लो कक्षा  (कनिष्ठ) तर्फको प्रतियोगितामा विराट एकेडेमी प्रथम भएको छ । ब्लु वेल चिल्ड्रेन दोस्रो र  हिमालय अंग्रेजी स्कुलले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र प्रदान गरिएको एन–प्याब्सन नगर अध्यक्ष सुरेश खवासले जानकारी दिए ।
 

View : 54

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved