काठमाडौँ । गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै गोल्छा ग्रुपले मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान (पल्सर १५० सिसी) मोटरसाइकल प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “गोल्छा ग्रुपले मोटरसाइकलहरू काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत हामीलाई हस्तान्तरण गरिएको छ ।”
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र सो संस्थाका पदाधिकारीहरू साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
हत्या अभियोगमा एक जना पक्राउ प्रहरीले गत भदौ २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँ बालुवाटारस्थित एक मासु पसलमा काम गर्ने २५ वर्षीय युवराज क्याप्छाकी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिए ।
उनले भने, “क्याप्छाकीले गत भदौ २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो सार्वजनिक भएको र सोही भिडियोको आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेका क्याप्छाकी विरुद्ध जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । रासस
View : 285
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved