Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेद्वारा दमकमा प्रदर्शनको तयारी

उद्‌घोष सम्वाददाता
१५ चैत २०८१, शुक्रवार

झापा । एमालेले प्रतिगामी तह लगाउने भन्दै झापाको दमकमा सभा र कार्यकर्ता प्रदर्शन गर्ने तयारी गरेको छ । 

चैत ३० गते दमकमा जनसभा तथा प्रदर्शन गर्ने तयारी अघि बढाएको नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले सभामा एक लाख मान्छे उतार्ने बताए । 

बिहीबार प्रेस चौतारी झापाले दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै इञ्चार्ज राईले प्रतिगामीहरूलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए । 

उनले जरा अभियानमार्फत वडा र टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिंदै एमालेकै नेतृत्वमा प्रतिगामीहरूलाई तह लगाउँदै गणतन्त्रको उपलब्धी रक्षाका लागि लड्ने बताए । उनले गणतन्त्रको रक्षाका लागि कांग्रेसले समेत साथ दिने बताए ।

मुलुकमा राजनीतिक अस्थिरता बढेका कारण प्रतिगामी तत्वहरू सल्बलाएको भन्दै एमालेले जनतालाई सचेत गराउन आवश्यक रहेको बताएका थिए । 

एमालेले जनताको समस्या समाधान गर्न सुदृढ र बलियो आधार तयार गरेर अघि बढिरहेकाले कुनैपनि नाममा अराजक तत्वले मुलुकमा अवाञ्छित गतिविधि गरेमा सह्य नहुने बताए । 

दमकको सभामा एमालेले दुई हजार बढी स्वयंसेवक परिचालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । त्यसका लागि स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज राईकै नेतृत्वमा जनपरिचालन कमिटी निर्माण गरिएको जनाइएको छ ।

View : 117

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved