Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मनसुनी वायुले बाटो मोडेपछि टर्‍यो झरी

बिहीबार मात्रै विराटनगर, इटहरी जस्ता शहरी क्षेत्रको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस हाराहारी पुगेको छ । हावा पनि कम चलेका कारण गर्मी अधिक महसुस भएको थियो ।  यतिबेला देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेका कारण पानी पर्न नसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
उद्‌घोष संवाददाता
९ साउन २०८२, शुक्रवार

एआईको सहयोगमा निर्मित ।

विराटनगर । झमझम झरीले रुझाउने बेला हो बर्खायाम । उल्लेख्य झरी बेगरै असार बितेको यसपटक साउनको पहिलो साता पनि सुख्खै बितेको छ । अपेक्षाकृत वर्षा हुन नसकेपछि विराटनगरसहित कोशीको तराई क्षेत्र हपहपी गर्मीको मारमा परेको छ ।

बिहीबार मात्रै विराटनगर, इटहरी जस्ता शहरी क्षेत्रको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस हाराहारी पुगेको छ । हावा पनि कम चलेका कारण गर्मी अधिक महसुस भएको थियो । 

यतिबेला देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेका कारण पानी पर्न नसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

बिहीबार बिहान विभागले जारी गरेको मौसमी बुलेटिन अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । यसले नेपालमा पानी पार्ने प्रणाली कमजोर पारेको छ । 

मौसमविद् सञ्जिव झाका अनुसार प्रायः नेपालमा मनसुन याममा राति पानी पर्छ । दिउँसोपख चरक्क घाम चर्किने, जमिनको सतहमा भएका पानी सोसिने र बाफ बनेर माथि उठ्ने हुन्छ । 

अपराह्नपछि वायुमण्डलमा बादल बन्ने प्रक्रिया सुरू हुन्छ र पानी पर्न थाल्छ । पहाडी भूभागमा त्यसरी पानीका कण बोकेको बादल झन् छिटो एकत्रित भएर मुसलधारे वर्षासमेत हुने गर्छ । 

‘पानी पर्न पहाड पनि चाहिन्छ । तराई क्षेत्रमा पहाड कम हुनाले पानी कम परेको हो’ उनले भने ।

जलवायु विज्ञ धर्मराज उप्रेतीले मनसुनी वर्षा भारतको बिहार हुँदै उत्तर प्रदेशतिर लागेको बताएका छन् । 

‘बंगालको खाडीमा उत्पन्न भइ भारतको उडिसा हुँदै उत्तरतिर आएको प्रणालीले नेपालको सुख्खा भएको तराईमा वर्षा गराउला भनेको त, त्यो प्रणाली मध्यबिहार हुदै भारतको इलाहावाद पुगेको छ । त्यो प्रणालीको बाहिरी घेरा मात्र नेपालको तराई भागमा परेकाले केही ठाउँमा हल्का वर्षा गरायो, कतै बादल मात्र देखिएर गयो भने केही ठाउँमा मध्यम वर्षा गरायो ।’ 

पानीको मूल फुट्न, सिंचाइ हुन घनघोर वर्षा हुनुपर्छ । मुलुकको कतिपय भागमा पूर्व–मनसुनयामको जस्तो ह्वार्र पानी पर्ने र थामिइहाल्ने अवस्था देखिएको छ । 

यसपटक पूर्व–मनसुन याममा लगातार झरी परेको थियो । त्यसबेला सरदरभन्दा बढी नै पानी परेको थियो । वैशाखदेखिको लगातारको झरीले बर्खा जोडेकाले यसपालि खेतीपाती सप्रिनेमा कृषकहरू विश्वस्त थिए ।

जल तथा मौसम विज्ञान विभागले यसपटक वर्षा र तापक्रम दुवै सरदरभन्दा माथि हुने प्रक्षेपण गरेकाले कृषकहरूको आशालाई मलजल पनि गरेको थियो । तर साउन दोस्रो हप्ता  भइसक्दा पनि मनग्गे वर्षा हुन सकेको छैन । किसान यसले सबैभन्दा धेरै मारमा परेका छन् ।

View : 644

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved