Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

एसईईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई महानगरले गर्यो सम्मान

उद्घोष सम्वाददाता
८ साउन २०८१, मङ्गलवार

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)– २०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका चार विद्यालय र ६ जना विद्यार्थीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

मंगलबार  महानगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशबाट तीनजना विद्यार्थी ४ जीपीएसहित सतप्रतिशत नतिजा ल्याउने सफल विराटनगर–५ को एभरेष्ट स्कुल र एक–एक जना ४ जीपीए ल्याउन सफल सगरमाथा र बूढानीलकण्ठ स्कुल सम्मानित भएका हुन् ।

त्यस्तै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउने आदर्श मावि सम्मानित भएको  छ । त्यसैगरी परीक्षामा ४ जीपीए ल्याउने एभरेष्टका कृतज्ञ दाहाल, राजुकुमार साह, सुब्रत बराल, बूढानीलकण्ठका सिरिन भट्टराई, सगरमाथाका प्रतिभा रौनियार र ३.९५  प्रतिशत ल्याउने आदर्श माविका अनिलकुमार केवरत पनि सम्मानित भएका छन् ।

विराटनगर महानगरका ९७ विद्यालयका ४ हजार ४ सय २४ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये २ हजार ८ सय ९५ अर्थात ६५ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यीमध्ये विराटनगर महानगरका १६ वटा विद्यालयको शतप्रतिशत नतिजा आएको विराटनगर महानगरका शिक्षा महाशाखाका निमित्त प्रमुख कृष्ण भट्टराईले बताए । कार्यक्रममा मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि थप भूमिका निर्वाह गर्नुपर्ने बताए ।

View : 230

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved