Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सेनाले बनायो खेलमैदानसहितको हेलिप्याड

उद्घोष सम्वाददाता
१९ पुष २०८०, बिहिवार

विराटनगर । खोटाङस्थित नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकले खेलमैदानसहितको हेलिप्याड निर्माण गरेको छ । सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा शौचालयसहित सुविधायुक्त भलिबलको खेलमैदान र हेलिप्याड निर्माण गरेको हो ।

सेनाको मुडे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाले दुई हप्ता लगाएर लोकेबर नजिकैको सार्वजनिक जग्गामा उक्त संरचना निर्माण गरेको जनाइएको छ । त्यहाँ हेलिप्याड निर्माण भएका कारण खोटाङका पहाडी क्षेत्रमा गर्भवती महिलाहरूको उद्धारमा ठूलो सहयोग पुग्ने जनाइएको छ ।

त्यसका साथै धार्मिकस्थल हलेसी महादेवस्थल आवतजावत गर्ने पर्यटक तथा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थाका बिरामीहरूका लागि हेलिप्याड उपयोगी बन्नेमा विश्वस्त रहेको नेपाली सेनाको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए । 

उक्त हेलिप्याडमा एन नाइन्टिन हेलिकप्टर समेत अवतरण तथा उडान भर्न मिल्ने गणपति गुरुङले जानकारी दिए । साथै बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि गणको तर्फबाट चार वटा भलिबल र दुईवटा नेट (जाली) समेत उपलब्ध गराइएको जनाइएको छ । ती खेल सामग्रीहरू वडा नम्बर ७ र ८ का वडाध्यक्षहरूलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । 

खेलमैदानसहितको हेलिप्याडको बुधबार हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले उद्घाटन गरेकी हुन् । उनले नेपाली सेनाको योगदानलाई नगरपालिकाले उच्च सम्मान दिइएको बताइन् ।

View : 152

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved