विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भएको लिगको उपाधि विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले जितेको छ । शनिबार भएको फाइनल खेलमा सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले पराजित गर्दै विराटनगरले लिगको उपाधि जितेको हो ।
उपाधिसँगै विराटनगरले नगद २५ हजार र ट्रफी हात पारेको छ भने उपविजेता सिद्धार्थले नगद १० हजार र ट्रफी हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३८ रनको योगफल तयार पारेको थियो ।
जवाफमा १ सय ३९ रनको लक्ष्य पाएको सिद्धार्थले पूरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ३६ रन मात्र बनाउन सक्यो ।
विजयी तथा अन्य खेलाडीलाई कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महमद सादबाबु कुरेसी र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका थिए ।
View : 83
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved