विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कुलले एसईई परीक्षामा सामेल हुने विद्यार्थीहरूलाई शुक्रबार बिदाई गरेको छ ।
चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षामा सहभागी ३५ औं ब्याचका ८४ जना विद्यार्थीलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बिदाई गरेका हुन् ।
विद्यालयका प्रिन्सिपल राजेश कार्की, निर्देशक भरत दाहाल, स्कूलका को–अर्डिनेटर सरन गौतम र स्कुलका सिनियर शिक्षक सरवनी भट्टचार्य तथा स्कुलका शिक्षक, शिक्षिका विद्यार्थीहरूलाई माला तथा अविरका साथ मायाको चिनो प्रदान गरेर बिदाई गरेका थिए ।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved