Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर किंग्सको प्रायोजनमा एभरेष्ट बैंक र नेमाटो

उद्‌घोष संवाददाता
३० कार्तिक २०८२, आइतवार

विराटनगर । विराटनगर किङग्सको मुख्य प्रायोजकका रुप एभरेष्ट बैंकले सम्झौता गरेको छ । 

नेपाल प्रिमियम लिगमध्येको एक फ्रेन्चाइज टिम विराटनगर किङग्सको मुख्य प्रायोजका रुपमा बैंक र क्लबबीच आइतबार सा“झ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा विराटनगर किङग्सका तर्फबाट वेंकटेश मुन्दडा र एभरेस्ट बैंकका क्षेत्रीय प्रबन्धक सुधीर गौतमले हस्ताक्षर गरेका छन् । 

विराटनगर किङग्समा विराटनगरका चार औद्योगिक घराना एमएम ग्रुप, अरिहन्त ग्रुप, देवेनरा ग्रुप र जयश्री ग्रुपको संयुक्त लगानी छ ।

यसअघि अरहिन्त इन्फास्ट्रक्चरको भगिनी कम्पनी नेमाटो टायल्सले क्लबको सहप्रायोजकमा सम्झौता गरेको छ । 

सो सम्बन्धी सम्झौता पत्रमा शबिार टायल्सकातर्फबाट जयस लुनिया र विराटनगर किङग्सका तर्फबाट अनुज पोद्दारले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा किङग्सका सञ्चालक सुयश प्याकुरेलले नेपालमा निजी क्षेत्रको प्रवेशले क्रिकेटको रौनक बढेको बताएका छन् । 

प्याकुरेलले अहिले पनि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको र खेलअवधिभरि स्तरीय प्रशिक्षण उपलब्ध गराइरहने बताए ।

विराटनगर किङग्सका सञ्चालक एवम् क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी पारस लुनियाले विराटनगर किङग्स यसपटक पहिलो हुने दाबी गरे । उनले यसका लागि टिमले कडा मेहनत गर्दै आएको बताए ।

View : 252

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved