विराटनगर । मदन भण्डारी लोकमार्ग अन्तरगत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आइतबार अपरान्ह ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
अपरान्ह करीव सवा ३ बजेतिर भएको दुर्घटनामा मृत्यु भएका दुवैको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक ट्रकका चालक र सहचालक भएको जनाइएको छ ।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट करीव ५० मिटर तल अधेरी खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलबाट गम्भीर अवस्थामा उद्दार गरिएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ ।
View : 201
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved