विराटनगर । सामसङ नेपालले नेपाल प्रिमियर लिग सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ ।
यस योजना अन्तर्गत प्रिमियम एइडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशत सम्म क्यासब्याक तथा ७ हजार सम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्दछ ।
सोे योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन् ।
८५ इञ्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम–जस्तो’ अनुभव प्रदान गर्दछ ।
सामसङका नवीनतम एआई टीभी लाइनअप क्यूएलईडी र एचडीमा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पु¥याउने अत्याधुनिक फिचरहरू समावेश छन् ।
View : 102
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved