Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

उद्‌घोष संवाददाता
१८ साउन २०८३, सोमवार

Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन् ।

२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले इतिहासको गौरवगान मात्र गरेर नहुने, त्यसबाट शिक्षा लिएर वर्तमानका चुनौती सामना गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले हाम्रो इतिहासका गुनगान त धेरै गायौं, तर इतिहासको पाठ सिक्न सकेनौं । त्यसकै कारण आज कम्युनिष्ट आन्दोलन संकटमा छ, रक्षात्मक अवस्थामा छ । इतिहासको भारी बोकेर होइन, इतिहासले दिएको शिक्षाका आधारमा वर्तमानका चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्दै भविष्यको संकल्पका साथ आन्दोलनलाई अघि बढाउन सके मात्रै आन्दोलनले जीवन्तता प्राप्त गर्न सक्छ ।’

पोखरेलले वामपन्थी दलहरूबीच प्रयोग हुने घृणायुक्त भाषाले वामपन्थी मतदातालाई निराश बनाएको पनि बताए । उनले दलहरूबीच सहमति हुँदा अत्यधिक आत्मीयता प्रदर्शन गर्ने तर मतभेद हुँदा एकअर्कालाई शत्रुको रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले मतदातामा नकारात्मक सन्देश गएको बताए ।

उनले भने, ‘हामीहरूले एकले अर्काका विरुद्ध प्रयोग गर्ने घृणाका भाषाले वामपन्थी मतदातालाई हामीबाट टाढा पुर्यायो । हामी मिल्दा अंगालो हालेर मिल्ने, तर विषयमा कुरा नमिल्दा एकअर्कामाथि शत्रुजस्तै प्रहार गर्ने र घृणाको राजनीति गर्ने प्रवृत्तिबाट वामपन्थी मतदाता भड्किएका हुन् । यो सत्यलाई नबुझ्ने हो भने जे बोले पनि जनताले मन पराउँछन् भन्ने मान्यता गलत साबित हुन्छ ।’

पोखरेलले मतभेदका बीच पनि राजनीतिक संस्कार कायम राख्नुपर्ने आवश्यकता औँल्याउँदै वामपन्थी नेताहरूले असहमतिलाई शत्रुताको रूपमा चित्रण गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।

View : 114

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved